काठमाण्डौ । नेपालका पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ हजार ९ सय ४ जनामा संक्रमण पुष्टि भएको छ ।
१९ हजार १ सय २३ जनामा गरिएको परीक्षणमा ४ हजार ९ सय ४ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा ३५ जनाको मृत्यु भएको छ भने २ हजार १ सय १५ जना संक्रमणमुक्त भएका छन् ।
यससँगै देशभर कोरोना संक्रमितको संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख २० हजार नाघेको छ भने एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७१ हजार १ सय ९८ जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये हालसम्म ६ लाख ७३ हजार १ सय ९८ जना निको भएका छन् भने १० हजार १ सय ५० जनाको मृत्यु भएको छ ।
हाल देशभर ३७ हजार ३ सय ३२ जना सक्रिय संक्रमित रहँदा १ सय ७६ जना भेन्टिलेटर र ७ सय ६१ जना आईसीयूमा रहेका छन् ।
प्रतिक्रिया