काठमाण्डौ । काठमाण्डौ उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनमा मास्क नलगाएका व्यक्ति चढ्न नपाउने भएका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाण्डौले मंगलबार सूचना जारी गर्दै स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने जनाएको छ । साथै सबै यात्रुहरुले अनिवार्य रुपमा मास्क लगाएको हुनुपर्ने सूचनामा उल्लेख छ ।
सवारी चालक र सहचालकलाई अनिवार्य रुपमा मास्क, भाइजर र पञ्जा लगाउन प्रशासनले निर्देशन दिएको छ । सवारी साधनको ढोकामा सेनिटाइजरको व्यवस्था हुनुपर्ने र दैनिक रुपमा सवारी साधन सेनिटाइज गर्नेुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया