ताजा समाचार


१ सय ५० ग्राम सुनको बालासहित एक युवक पक्राउ

द रियल समाचार     २०७८ श्रावण २६, मंगलवार, १६: ५४ मा प्रकाशित




काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ सय ५० ग्राम सुनको बालासहित एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रामेछाप रस्नालु गाविस घर भइ हाल काठमाडौं महानगरपालिका–६ कुमारीगाल बौद्ध बस्ने २५ वर्षीय सन्तोष बस्नेत रहेका छन् ।

विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको नयाँ पार्किङ एरियाबाट उनलाई प्रहरीले मंगलबार विहान ९ः४५ बजे पक्राउ गरेको बताइएको छ ।

बस्नेत जजिरा एयरलाइन्सको उडानद्वारा साउदीबाट काठमाण्डौ आगमन भएका विभिन्न यात्रुहरुलाई भन्सार छली गर्न लगाइ उक्त सुन ल्याउन लगाएको प्रहरीको दाबी छ ।

पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरण पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top