ताजा समाचार


संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारीले लगाए खोप

द रियल समाचार     २०७८ श्रावण २६, मंगलवार, १६: ४९ मा प्रकाशित




जनकपुरधाम । धनुषामा जारी रहेको खोप अभियान अन्तर्गत जनकपुरधाम उपमहानगरपालिका अन्तर्गतका संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारीहरुले समेत खोप लगाउन पाएका छन् ।

स्थानीय एस.एम. स्कूलका सञ्चालक दिपक ठाकुर तथा संस्थागत विद्यालयका संस्थापकहरुको पहलमा शिक्षक तथा कर्मचारीहरुले खोप लगाएका हुन् ।

संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारीहरुका लागि छुट्टै चार वटा खोप केन्द्र व्यवस्थापन गरिएको थियो । दुई दिनमा करिव १ हजार ८० जनाले खोप लगाएको एस.एम. स्कूलका सञ्चालक ठाकुरले बताए ।

उनले भौतिक दूरी कायम गरी स्वास्थ्य मापदण्डहरुको पालना गर्दै खोप अभियान सञ्चालन गरिएको समेत जानकारी दिए ।

सोमबारदेखि धनुषाका १८ वटै पालिकामा खोप कार्यक्रम सञ्चालन गरिएको छ । नेपाल सरकारले देशभर खोप कार्यक्रममा तीव्रता दिने नीति लिएअनुसार धनुषामा पनि खोप लगाउन लागिएको हो ।

५४ वर्षभन्दा माथिको नागरिक, छुटेका स्वास्थ्यकर्मी, सफाइकर्मी, अति आवश्यक सेवाका कर्मचारी तथा शिक्षकहरूलाई खोप दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालय धनुषाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top