काठमाण्डौ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्ना दलका केही नेतालाई मन्त्री बनाइदिन प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै ओलीले देउवालाई समर्थन गर्ने नेपाल पक्षका सांसदहरुलाई व्यंग्य गरेका हुन् । संसदमा आफ्ना भनाइ राखिसकेपछि अन्त्यमा ’प्रधानमन्त्री ज्यूलाई एउटा चाँही अनुरोध गर्नै पर्ने भयो’ भन्दै ओलीले यस्तो बताएका हुन् ।
उनले नेपाल समूहका सांसदहरु मन्त्री बन्न नपाएर हिरिक्क, हिरिक्क भएको आरोप लगाए । उनले भने, ‘मेरै पार्टीका केही मान्छेहरु केही पाउँला र खाउँला भनेर तपाईको पछि लागेका छन् । तिनलाई मन्त्री बनाइदिनुहोस् न हिरिक्क, हिरिक्क, हिरिक्क भएका छन्, विचराहरु मन्त्री खानका लागि ।’
पछि लगाइसकेपछि मन्त्री चाँही किन नबनाएको भन्दै ओलीले देउवालाई व्यंग्यात्मक प्रश्न गरेका छन् ।
प्रतिक्रिया