काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेट असंवैधानिक भएको बताएका छन् ।
प्रतिनिधिसभामा नेपाली अर्थतन्त्रको पछिल्लो अवस्थाको यथार्थ चित्र सार्वजनिक गर्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।
उनले अघिल्लो सरकारले अध्यादेशमार्फत असंवैधानिक किसिमले ल्याएको बजेटमा अनावश्यक कर लगाइएको र दीर्घकालीन तथा सार्वजनिक महत्वका कार्यक्रम नल्याएको दावी समेत गरे ।
उनले देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थाबारे श्वेतपत्र सार्वजनिक गरिरहेका छन् । यसका लागि अर्थमन्त्रालयले करिब ३ सातादेखि तयारी गरिरहेको थियो ।
प्रतिक्रिया