काठमाण्डौ । काठमाण्डौ उपत्यकामा जारी निषेधाज्ञामा कडाइ गरिएको छ । कोरोना संक्रमण बढेको भन्दै उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञामा केही कडाइ गर्ने निर्णय गरेको हो ।
बुधबार रातिबाट भदौ ८ गतेसम्म जारी रहने गरी काठमाडौँ, ललितपुर र भक्तपुर प्रशासन कार्यालयले नयाँ निर्णय गरेका छन् ।
नयाँ निर्णय अनुसार बेलुकी ८ बजेदेखि सार्वजनिक तथा निजी सबै सवारी साधनमा रोक लगाइने छ ।
अत्यावश्यक सवारी साधनहरु भने जुनसुकै समय चल्न पाउनेछन् ।
प्रतिक्रिया