ताजा समाचार


आयुष घलानले सहिद स्मारक ‘ए’ डिभिजन लिग खेल्ने

द रियल समाचार     २०७८ श्रावण २६, मंगलवार, १५: ०४ मा प्रकाशित




काठमाण्डौ । युवा मिडफिल्डर आयुष घलानले ललितपुरको क्लब थ्री स्टारले सहिद स्मारक ‘ए’ डिभिजन लिग खेल्ने भएका छन् ।

क्लबले मंगलबार उनीसँग सम्झौता गरेको जानकारी गराएको हो । १९ वर्षीय आयुषले पहिलोपटक ‘ए’ डिभिजन लिग खेल्न लागेका हुन् ।

पछिल्लो पटक खुमलटार युवा क्लबबाट ‘बी’ डिभिजन लिग खेलेका आयुष नेपालकै पहिलो फ्रेन्चाइज फुटबल लिग नेपाल सुपर लिग (एनएसएल) बाट चम्किएका खेलाडी हुन्। उनले पोखरा थन्डर्सबाट एनएसएल खेलेका थिए । १४ टोलीको सहभागिता रहने ‘ए’ डिभिजन लिग कार्तिक २९ बाट सुरु हुँदैछ ।

आयुषले यही वर्ष कुवेतमा भएको विश्वकप तथा एसियन कप संयुक्त छनोट अन्तर्गत दोस्रो चरणमा अस्ट्रेलिया विरुद्धको खेलबाट राष्ट्रिय टोलीका लागि डेब्यु गरेका थिए । आयुष नेपाल ३–० ले पराजित भएको उक्त खेलको ९० मिनेटमा सुमन लामाको स्थानमा मैदान प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top