ताजा समाचार


असाधारण जनमतका साथ फेरि प्रधानमन्त्री बन्ने ओलीको दावी

द रियल समाचार     २०७८ श्रावण २६, मंगलवार, १५: ०० मा प्रकाशित




काठमाण्डौ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू असाधारण जनमतका साथ फेरि प्रधानमन्त्री बन्ने दावी गरेका छन् ।

मंगलबार प्रतिनिधिसभामा बोल्दै ओलीले आफ्नो काम हेरेर जनताले मन पराएर आफू प्रधानमन्त्री भएको दावी गरे । जालझेल तिक्डम र कुनै गठबन्धनबिनै असाधारण जनमतबाट फेरि प्रधानमन्त्री बन्ने उनले दावी गरे ।

उनले भने, ‘म झ्यालबाट होइन, जस्केलाबाट होइन, छिँडीबाट होइन, भेन्टिलेटर तिरबाट होइन, मूल ढोकाबाट, मूल बाटोबाट आउनेछु । मैले पहिले पनि भनेका थिएँ फेरि पनि सुनिराखे हुन्छ । असाधारण जनमतबाट मूलबाटोबाट मूल गेटबाट, मूल ढोकाबाटै प्रवेश गर्छु ।’

असाधारण बाटोबाट सरकार गठन भएकाले सत्ता पक्षका नेताहरु केटाकेटीलाई दशैँ आए जस्तो खुसीले उफ्रिएको आरोप ओलीले लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top