ताजा समाचार


जिल्ला प्रशासन कार्यालय धनुषाद्वारा भदौ १ गतेदेखि नियमित सेवा सुरु गरिँदै

द रियल समाचार     २०७८ श्रावण २६, मंगलवार, १३: ५८ मा प्रकाशित




जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले आगामी भदौ १ गतेदेखि लागू हुनेगरी आफ्नो नियमित सेवा सुरु गर्न लागेको छ ।

कोरोना संक्रमणको प्रभावकारी रोकथाम एवं नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय धनुषाबाट नियमित सेवाहरु सामाजिक दूरी कायम गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेका मापदण्डहरु अपनाई स्वास्थ्य मापदण्डको पालना गर्दै सेवा प्रवाह सुरु गर्न लागेको हो ।

जिल्ला प्रशासन कार्यालय धनुषाले आईतबार नगराईन, गणेशमान चारनाथ, क्षीरेश्वरनाथ नगरपालिका र लक्ष्मीनिया गाउँपालिका, सोमबार मिथिलाबिहारी, धनुषाधाम, सबैला र शहीदनगर नगरपालिका, मंगलबार हंसपुर नगरपालिका, जनकनन्दिनी गाउँपालिका, धनौजी गाउँपालिका र औरही गाउँपालिका, बुधबार विदेह नगरपालिका, मिथिला नगरपालिका, मुखियापट्टी मुसहरनिया गाउँपालिका र बटेश्वर गाउँपालिका, बिहीबार र शुक्रबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ देखि २५ सम्म तथा कमला नगरपालिकाका सेवाग्राहीहरुलाई सक्कल नागरिकता प्रमाणपत्र, नागरिकताको प्रतिलिपि, राहदानी र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवाहरु प्रवाह गर्ने जनाएको छ ।

सेवा प्रवाहको ढाँचा भदौ १ गते मंगलबारदेखि अर्को व्यवस्था नभएसम्मका लागि लागू हुने प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोलाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top