काठमाण्डौ । चलचित्रकर्मीलाई राहत दिनका लागि चलचित्र विकास बोर्डले सरकारसँग ५० करोड रुपैयाँ माग गरेको छ ।
कोरोनाका कारण लामो समयदेखि ठप्प रहेको चलचित्र उद्योगका चलचित्रकर्मी लगायत चलचित्र घरलाई पनि राहत दिनु पर्ने बोर्डले जनाएको छ ।
निर्माण भएर प्रदर्शन रोकिएका चलचित्रलाई १५ करोड, चलचित्र घरलाई ३० करोड र श्रमजीवी चलचित्रकर्मीको दैनिक जीवनयापनका लागि भन्दै ५ करोड रुपैयाँ राहत दिनु पर्ने बोर्डका सदस्य प्रकाश भट्टले बताए ।
बोर्डले ३४ वटा चलचित्र निर्माण पुरा भई प्रदर्शन रोकिएर बसेको तथ्यांक सार्वजनिक गरेको छ । उक्त चलचित्रका लागि १५ करोड माग गर्दै निर्माताको जोखिम न्यूनीकरण तथा प्रदर्शनमा आउन प्रोत्साहित गर्न यो रकम माग गरिएको बोर्ड सदस्य भट्टराईले जानकारी दिए ।
२ वर्षदेखि बन्द सिनेमा हल खुलाउनका लागि ३० करोड माग गरिएको भट्टराईको भनाइ छ ।
प्रतिक्रिया