ताजा समाचार


बालिकालाई जबर्जस्ती करणी गर्ने दुई युवक अदालतद्वारा दोषी ठहर

द रियल समाचार     २०७८ श्रावण २६, मंगलवार, १३: १२ मा प्रकाशित




जनकपुरधाम । धनुषामा एक बालिकालाई जबर्जस्ती करणी गर्ने र गराउन सहयोग गर्ने दुई युवकलाई धनुषा जिल्ला अदालतले दोषी ठहर गरेको छ ।

२०७६ जेठ २४ गते जिल्लाको सबैला नगरपालिका वडा नम्बर–८ मा १४ वर्षीया एक बालिकालाई जबर्जस्ती करणी गर्ने सोही ठाउँ बस्ने मदिक राइन र मुजिबुल राइनलाई अदालतले दोषी ठहर गरेको हो ।

सोमवार बहस सकिएपछि न्यायाधिस धुव्रराज कार्कीको एकल ईजलासले यस्तो फैसला गरेको हो । राति करिब १० बजे आँगनमा पानी खान जाँदा दुबै युवकले ति बालिकालाई उठाएर घर नजिकै रहेको बगैंचामा लगी जबर्जस्ती करणी गरेका थिए ।

वादी र प्रतिवादी दुबै तर्फबाट वकिलहरुले पेश गर्ने प्रतिवेदनमा बहस गरि कसुरदार साबित भएका दुबैजनालाई अर्को पेशीमा सजाय तोकिने जिल्ला अदालत धनुषाका सूचना अधिकारी गंगा कुमार मिश्रले जानकारी दिए ।

उनीहरु दुबैजना विरुद्ध अपहरण तथा शरिरबन्धक र जबर्जस्ती करणी मुद्दा दर्ता गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top