ताजा समाचार


सोमबार ३६५१ नयाँ संक्रमित थपिए, १७८४ संक्रमणमुक्त, २२ जनाको मृत्यु

द रियल समाचार     २०७८ श्रावण २५, सोमबार, १८: ३५ मा प्रकाशित




काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ५१ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४ सय ४५ पिसिआर परिक्षणका क्रममा २ हजार ६ सय ९ र ६ हजार १ सय ४९ एन्टीजेन परिक्षणका क्रममा १ हजार ४२ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ८७ हजार ६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ८४ संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ६ लाख ७१ हजार ८३ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा ३६ लाख ९४ हजार १ सय ७९ जनाको पिसिआर र ३ लाख ६३ हजार ७ सय ४४ जनाको एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा १० हजार १ सय १५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top