ताजा समाचार


पाकिस्तानको बलुचिस्तानमा बम बिस्फोट, २ प्रहरीको मृत्यु, १२ जना घाइते

द रियल समाचार     २०७८ श्रावण २५, सोमबार, १६: ५७ मा प्रकाशित




एजेन्सी । पाकिस्तानको बलुचिस्तान प्रदेशको क्वेटा सहरमा बम बिस्फोट हुँदा दुई प्रहरीको मृत्यु भएको छ ।

आइतबार बेलुका क्वेटा सहरको प्रख्यात होटल सेरेना नजिकै बम बिस्फोट भएको पाकिस्तानी मिडियाले जनाएका छन् । सेरेना होटलमा तीन महिना पहिला पनि आतंकी हमला हुँदा ५ जनाको मृत्यु भएको थियो ।

पाकिस्तानी मिडियाका अनुसार प्रहरी भ्यानलाई निशाना बनाइ बम बिस्फोट भएको थियो । बलुचिस्तान सरकारले बम बिस्फोटको बारेमा अनुसन्धान भइरहेको जनाएको छ ।

सरकारका अनुसार बम मोटरसाइकलमा लुकाएर राखिएको थियो । बिस्फोटमा परी ८ प्रहरीसहित १२ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ । घाइतेहरूको उपचार भइरहेको छ ।

बिस्फोटको पछाडि बलुचिस्तान लिबरेसन आर्मीको हात रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top