ताजा समाचार


रहेनन् प्रतिज्ञाका ठाकुर सज्जन सिंह

द रियल समाचार     २०७८ श्रावण २५, सोमबार, १६: ४८ मा प्रकाशित




एजेन्सी । बलिउड तथा टेलिभिजन क्षेत्रका चर्चित अभिनेता अनुपम श्यामको ६३ वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि मिर्गौलाको समस्याबाट पीडित थिए ।

मुम्बईको गुरगाउँस्थित लाइफलाइन अस्पतालमा उनको उपचार भइरहेको थियो । ‘मनकी आवाज प्रतिज्ञा’ सिरियलमा ठाकुर सज्जन सिंहको भूमिकाबाट उनी चर्चित बनेका थिए ।

चलचित्र निर्माता अशोक पण्डितले सामाजिक सञ्जालमार्फत उनको निधनको जानकारी दिएका छन् । मल्टिपल अर्गान फेलियरका कारण उनको निधन भएको बताउँदै पण्डितले चलचित्र र टिभी उद्योगलाई ठूलो क्षति पुगेको बताए ।

गत वर्ष अनुपम श्याम बिरामी भएर अस्पताल भर्ना भएपछि उनका भाइले आर्थिक अवस्था कमजोर भएको बताउँदै आर्थिक सहयोगका लागि आग्रह गरेका थिए ।

अनुपम श्याम चलचित्रमा धेरैजसो नेगेटिभ रोलमा देखिन्थे । उनले स्लमडग मिलेनियर, ब्यान्डिट क्विन, शक्ति, हल्लाबोल, पानसिंह तोमर, लगान, लज्जा, दुश्मन, सत्या आदि चलचित्रमा अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top