ताजा समाचार


एमालेमा अध्यक्ष र महासचिव मात्रै निर्वाचित हुनेगरी प्रस्ताव पारित

द रियल समाचार     २०७८ श्रावण २५, सोमबार, १५: ५० मा प्रकाशित




काठमाण्डौ । नेकपा एमालेको आज बसेको स्थायी समिति बैठकबाट पार्टीमा अध्यक्ष र महासचिव मात्रै निर्वाचित हुनेगरी विधान संशोधन प्रस्ताव पारित भएको छ ।

स्थायी समिति बैठकमा अब हुने दशौँ महाधिवेशनमा अध्यक्ष र महासचिव मात्रै निर्वाचित हुने गरी विधान संशोधनको प्रस्ताव पारित भएको हो । उक्त प्रस्तावलाई स्थायी समितिले पारित गरेर केन्द्रीय कमिटीमा पठाएको छ ।

पारित प्रस्तावअनुसार अब एमालेले अध्यक्ष र महासचिव मात्रै महाधिवेशनबाट निर्वाचित गर्नेछ । बाँकी रहेका पदाधिकारी निर्वाचित सदस्यहरुबाट छनोट गरिने गरी प्रस्तावमा समेटिएको छ ।

पारित प्रस्तावअनुसार अब एमालेले अध्यक्ष र महासचिवसहित २२५ जनाको केन्द्रीय कमिटी महाधिवेशनबाट निर्वाचित गर्नेछ । सोही निर्वाचित कमिटीले बाँकी पदाधिकारी छनोट गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top