काठमाण्डौ । लोक सेवा आयोगले लिने कुनै पनि परीक्षा अब स्थगित नहुने भएको छ । तालिका प्रकाशित गरिएका परीक्षाहरु नरोक्ने आयोगका प्रवक्ता तोयनारायण सुवेदीले बताए ।
उनले तालिका प्रकाशित गरेका परीक्षाहरु सञ्चालन भईरहेको र अबका परीक्षाहरु पनि तोकिएकै समयमा हुने जानकारी दिए । परीक्षा स्थगित गर्नेबारे छलफल नै नभएको समेत उनले बताए ।
आयोगले आ.व. २०७६/०७७ र आ.व. २०७७/०७८ मा विज्ञापन भई परीक्षा सञ्चालन हुन बाँकी विभिन्न तहका परीक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ ।
आयोगले साउन १५ गतेदेखि असोज २३ गतेसम्म हुने परीक्षा तालिका प्रकाशित गरी परीक्षा सञ्चालन गरिरहेको छ ।
प्रतिक्रिया