ताजा समाचार


अध्यक्ष महन्थ ठाकुरको पद कानुनतः खारेज

द रियल समाचार     २०७८ श्रावण २५, सोमबार, १५: १३ मा प्रकाशित




काठमाण्डौ । जनता समाजवादी पार्टी नेपालले एक जना मात्रै अध्यक्ष रहनेगरी निर्वाचन आयोगमा कार्यकारिणी समितिलाई अद्यावधिक गराएको छ । जसपा विवादमा पार्टीको आधिकारिकता आफ्नो पक्षमा पारेका अध्यक्ष उपेन्द्र यादवले नयाँ समिति अभिलेखीकरण गराएका हुन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले समितिलाई ३५ जना सदस्य रहनेगरी अद्यावधिक गराएको हो । सोही बैठकको निर्णयअनुसार आयोगले जसपाको कार्यकारिणी समितिलाई अद्यावधिक गरेको छ ।

अध्यक्ष यादवले पार्टीको कार्यकारिणी समितिलाई आयोगमा अद्यावधिक गराएसँगै अर्का अध्यक्ष महन्थ ठाकुरको पद कानुनतः खारेज भएको छ । अब महन्थ कानुनअनुसार जसपाको अध्यक्ष पदबाट हटेका छन् ।

अध्यक्ष यादवले महन्थसँगै उनको पक्षमा रहेका १६ जना कार्यकारिणी समिति सदस्यहरुको पद पनि खारेज गरिदिएका छन् । अब ठाकुरसँगै राजेन्द्र महतो, सरतसिंह भण्डारी, उमाशंकर अरगरिया लगायतका नेताहरु साधारण सदस्यमा सीमित बनेका छन् ।

तत्कालीन समाजवादी पार्टी र राजपा मिलेर २०७७ वैशाखमा जसपा गठन भएको थियो । जसमा ५१ सदस्यीय कार्यकारिणी समिति सदस्य रहेका थिए । जसमध्ये ३४ जना यादव पक्षमा उभिँदा १६ जना ठाकुर पक्षमा थिए । रेशम चौधरी तटस्थ रहेका थिए ।

–फरकधार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top