ताजा समाचार


बोलबमका यात्रु सवार गाडी दुर्घटना, एक जनाको मृत्यु, एक जना बेपत्ता

द रियल समाचार     २०७८ श्रावण २५, सोमबार, १५: ०६ मा प्रकाशित




रौतहट । रौतहटमा बोलबमका यात्रु सवार गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुको साथै एक जना बेपत्ता भएका छन् ।

बोलबम यात्रु बोकेर गुडिरहेको ना ५ च ३१६६ नम्बरको बोलेरो गाडी रौतहटको नुनथरस्थित नहरमा खसी दुर्घटना भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

प्रहरीका अनुसार चन्द्रपुर नगरपालिका–१ स्थित बागमती सिँचाईको नहरमा सोमबार बिहान बोलेरो खसेको हो ।

दुर्घटनामा परी बाराको गढीमाई नगरपालिकाकी ४५ वर्षीया मिनादेवी कोईरीको ज्यान गएको प्रहरीले जनाएको छ । बाराकै बोधवन नगरपालिकाकी ६५ वर्षीया सोनरी देवी मुखिया नरहमा बगेर बेपत्ता भएकी छन् ।

बोलेरोमा सवार घाइतेको सर्लाहीको कर्मैयामा रहेको अस्पतालमा उपचार भइरहेको छ । बेपत्ता महिलाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top