ताजा समाचार


नेकपा एमालेको स्थायी समिति बैठक सम्पन्न

द रियल समाचार     २०७८ श्रावण २५, सोमबार, १४: ५७ मा प्रकाशित




काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी समिति बैठक सकिएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बैठक बसेको हो ।

आजको बैठकमा भदौ २७ र २८ गतेका लागि तोकिएको विधान महाधिवेशनका विषयमा छलफल भएको स्थायी समिति सदस्य डा. पुष्प कँडेलले जानकारी दिए ।

पार्टीको आन्तरिक विवादको विषयमा बैठकमा कुनै छलफल नभएको डा. कँडेलले बताए । आजको बैठक विधानमा समेटिनुपर्ने विषय र हटाउनु पर्ने विषयमा केन्द्रित भएको थियो ।

तुलसीलाल स्मृति भवनमै बस्ने बैठक पनि विधान महाधिवेशनमै केन्द्रित हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top