चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पात्र र दल फेरिँदैमा देशको सुधार नहुने बताएका छन् ।
आइतबार चितवनमा पत्रकारहरुसँगको कुराकानीमा उनले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विषयमा पुनःविचार गर्नुपर्ने आवश्यकता रहेको बताए।
‘पछिल्लो राजनीतिक परिवर्तनपछि देश जुन बाटोमा अघि बढ्यो, त्यसले देशमा शान्ति, स्थायित्व र समृद्धिको लक्ष्य हासिल गर्न सकेन,’ थापाले भने, ‘अब विचार नै परिवर्तन गर्न जरुरी छ ।’
देशमा शान्ति स्थायित्व र समृद्धिको यात्रा पूरा गर्न बाटो र विचार नै परिवर्तन गर्नु आवश्यक रहेको उनले बताए । सरकारको नेतृत्व परिवर्तन हुँदैमा यस्तो यात्रा पूरा नहुने उनको दाबी थियो ।
प्रतिक्रिया