ताजा समाचार


धनुषामा सोमबारदेखि भेरोसेल खोप लगाइँदै

द रियल समाचार     २०७८ श्रावण २४, आईतवार, १६: ४७ मा प्रकाशित




जनकपुरधाम । धनुषामा सोमबारदेखि भेरोसेल खोप लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय धनुषाका प्रमुख सुरेश यादवका अनुसार धनुषाका सबै पालिकामा एकसाथ खोप अभियान सुरु गर्न लागिएको हो ।

उनले साउन २५, २६ र २७ गते जिल्लाका १८ वटै पालिकामा खोप कार्यक्रम सञ्चालन गर्न लागिएको बताए । नेपाल सरकारले देशभर खोप कार्यक्रममा तीव्रता दिने नीति लिएअनुसार धनुषामा पनि खोप लगाउने तयारी गरिएको उनले जानकारी दिए ।

नियमित खोप केन्द्रका अतिरिक्त जिल्ला समन्वय समिति, रामस्वरुप रामसागर बहुमुखी क्याम्पस, जानकी यातायात प्रालिको कार्यालयमा खोप केन्द्र स्थापना गरिएको छ ।

५४ वर्षभन्दा माथिको नागरिक, छुटेका स्वास्थ्यकर्मी, सफाइकर्मी, अति आवश्यक सेवाका कर्मचारी तथा शिक्षकहरूलाई समेत खोप दिने कार्यक्रम रहेको जिल्ला स्वास्थ्य कार्यालय धनुषाले जनाएको छ ।

स्वास्थ्य कार्यालयले विद्युतीय दर्ता अनिवार्यरुपमा गराइ स्वास्थ्य मापदण्ड पालना गरेर खोप लगाउने कार्य गर्न अनुरोध गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top