ताजा समाचार


नेपालको राष्ट्रिय क्रिकेट टोलीबाट ७७ नम्बर जर्सी हटाइने

द रियल समाचार     २०७८ श्रावण २४, आईतवार, १६: २० मा प्रकाशित




काठमाण्डौ । नेपालको राष्ट्रिय क्रिकेट टोलीबाट ७७ नम्बर जर्सी हटाइने भएको छ ।

नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले प्रयोग गर्दै आएको जर्सी नम्बर ७७ हटाइने नेपाल क्रिकेट संघ(क्यान)ले जानकारी दिएको छ ।

भर्खरै मात्रै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका पारसको योगदानको कदरका लागि ७७ नम्बरको जर्सी प्रयोगबाट हटाउन लागिएको क्यान जनाएको छ ।

करिब दुई दशक नेपाली टोलीबाट क्रिकेट खेलेका पारसले गत साता मात्रै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top