सप्तरी । सप्तरीमा ट्याङ्करले ठक्कर दिंदा बाराकी एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको कोतबाल गाउँपालिका–३ बस्ने ६५ वर्षीया मलादेवी गिरी रहेको प्रहरीले जनाएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत शम्भुनाथ नगरपालिका–६ कठौनामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना४ ख २४४१ नम्बरको ट्याङ्करले ठक्कर दिंदा गिरीको मृत्यु भएको हो ।
ठक्करले गम्भीर घाइते भएकी उनलाई उपचारका लागि युनिक अस्पताल रायपुर लगिए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
गिरी गाउँका व्यक्तिसहित सुनसरीको चतराबाट दर्शन गरी ना४ख २८०० नम्बरको बसमा फर्किरहेको बेला कठौनामा शनिबार राति ८ बजे खाजा खान रोकिएको थियो । बस रोकिएपछि ओर्लेर बाटो काट्ने क्रममा ट्याङ्करले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
चालकलाई ट्याङ्करसहित नियन्त्रणमा लिइएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया