ताजा समाचार


जमिनमाथिको व्यक्तिगत स्वामित्व कायम रहेसम्म सुकुम्बासी समस्या समाधान हुँदैन : गौतम

द रियल समाचार     २०७८ श्रावण २४, आईतवार, १४: ०४ मा प्रकाशित




काठमाण्डौ । नेकपा एमालेका उपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले जमिनमाथिको व्यक्तिगत स्वामित्व कायम रहेसम्म देशमा सुकुम्बासी समस्या समाधान नहुने बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा बोल्दै गौतमले सुकुम्बासीको नाममा जमीन वितरण गरेरमात्रै यो समस्या समाधान नहुने बताए । उनले अहिले सुकुम्बासीका नाममा ५ कठ्ठा जग्गा लिएका व्यक्तिले जमीन बेचेर फेरि अर्को वर्ष सुकुम्बासी बन्ने उनले बताए ।

गौतमले विभिन्न सरकारका पालामा सुकुम्बासीलाई जग्गा दिनका लागि आयोगहरू गठन गर्ने र खारेज गर्ने काम हुँदै आएको भन्दै अब पनि पुरानै शैलीमा जग्गा वितरण गरेर सुकुम्बासी समस्या समाधान नहुने बताए ।

गौतमले अहिले सरकारले कृषियोग्य देशभरका सम्पूर्ण जमिनलाई आफ्नो मातहतमा ल्याएर जमिनमाथिको व्यक्तिगत स्वामित्व हटाउनुपर्ने बताए । उनले जमीन व्यक्तिको स्वामित्वमा रहुन्जेल केही पूँजीपतिको हातमा जमीन पुग्ने र बाँकी सुकुम्बासी भइरहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top