ताजा समाचार


भारतका राकेश गोहिल नेपाली क्रिकेट टोलीको फिटनेस प्रशिक्षक नियुक्त

द रियल समाचार     २०७८ श्रावण २४, आईतवार, १३: ५९ मा प्रकाशित




काठमाण्डौ । भारतका राकेश कुमार काशिभाइ गोहिल नेपाली क्रिकेट टोलीको फिटनेस प्रशिक्षक नियुक्त भएका छन् ।

राकेश गोहिल नामले चिनिने उनलाई नेपाली क्रिकेट टोलीको ‘स्ट्रेन्थ एक कन्डिसनिङ कोच’ नियुक्त गरिएको नेपाल क्रिकेट संघ(क्यान)ले जानकारी दिएको छ । क्यानले गोहिललाई प्रशिक्षकमा नियुक्त गरिएको जानकारी आइतबार बिहान ट्विटरमामा दिएको हो ।

३८ जना निवेदक मध्येबाट छानेर गोहिललाई यस जिम्मेवारीमा नियुक्त गरिएको क्यानले जनाएको छ । क्यानले दिएको जानकारी अनुसार उनले अस्ट्रेलियन स्ट्रेन्थ एण्ड कन्डिसनिङ एसोसिएसनबाट ‘स्ट्रेन्थ एक कन्डिसनिङ कोच’ को प्रमाण पत्र पाएका हुन् ।

गोहिलसँग भारतीय क्रिकेट एकेडेमीमा काम गरेको अनुभव समेत छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top