ताजा समाचार


शनिबार ३२१८ नयाँ संक्रमित थपिँदा १७२२ संक्रमणमुक्त, १९ जनाको मृत्यु

द रियल समाचार     २०७८ श्रावण २३, शनिबार, १७: २६ मा प्रकाशित




काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार २ सय १८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५ सय ७३ नमूनामध्ये ८ हजार ८ सय ६६ जनाको पिसिआर र ४ हजार ७ सय ७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

त्यस्तै १ हजार ७ सय २२ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट १९ जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमितहरुको संख्या ३५ हजार ४ सय ३२ रहेको मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ३८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top