ताजा समाचार


कमेडी च्याम्पियनका प्रमुख दाबेदार पौडेललाई कोरोना संक्रमण पुष्टि

द रियल समाचार     २०७८ श्रावण २३, शनिबार, १६: ३९ मा प्रकाशित




काठमाण्डौ । हरेक शुक्रबार र शनिबार प्रशारण हुने गरेको कमेडी च्याम्पियनका प्रमुख दाबेदार मानिएका भरतमणि पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

अघिल्लो हप्ताको बुधबार कोरोनाको लक्षण देखिएको थियो । त्यसपछि स्वाब परीक्षण गर्दा उनलाई आइतबार कोरोना पुष्टि भएको हो ।

कोरोना संक्रमण देखिए पनि स्वास्थ्य अवस्था ठिकै रहेको उनले बताएका छन् । अहिले उनी च्याम्पियनकै क्लोज क्याम्पमा आइसोलेसनमा बसेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top