ताजा समाचार


बेलायतमा दुबै डोज खोप लगाएका व्यक्तिमा डेल्टा भाइरसको संक्रमण

द रियल समाचार     २०७८ श्रावण २३, शनिबार, १६: ३५ मा प्रकाशित




एजेन्सी । बेलायतमा कोरोनाको दुबै मात्रा खोप लगाएका मानिसहरुमा डेल्टा भाइरसको संक्रमण अत्यधिक रहेको पाइएको छ ।

डेल्टा भाइरसको संक्रमणको कारण अस्पताल भर्ना हुनेहरुको संख्या बढ्दै गएको बताइएको छ । बेलायतस्थित स्वास्थ्य विभागले कोरोनाको खोप लगाएका व्यक्तिमा पनि डेल्टा भाइरसको संक्रमण तीव्र रुपमा रुपमा फैलिएको भन्दै चिन्तासमेत व्यक्त गरेका छन् ।

गत जुलाई १० देखि अगस्ट २ सम्मको तथ्यांकअनुसार डेल्टा भेरियन्टका कारण अस्पताल भर्ना हुने बिरामीमध्ये ५५ प्रतिशत कोरोनाको खोप लगाएका व्यक्ति रहेको बताइएको छ । स्वास्थ्य सुरक्षा एजेन्सीकी कार्यकारी प्रमुख जेनी ह्याजिजले खोपको मात्रा पूरा भएकाहरु नै बढी अस्पताल भर्ना भएकाले थप चिन्ता बढाएको बताए ।

उनले कोरोनाको खोपले सबै जोखिम न्यूनिकरण नगर्ने भएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना भने अनिवार्य रहेको बताएका छन् ।बेलायतमा जुलाई १ देखि प्रतिबन्धहरु फुकुवा गरिएको थियो । बेलायतमा ५७ प्रतिशत भन्दा बढी वयस्कहरुले खोपको दुवै मात्रा पूरा गरिसकेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top