ताजा समाचार


आजदेखि देशभर मास्क अभियान सञ्चालन

द रियल समाचार     २०७८ श्रावण २३, शनिबार, १६: २९ मा प्रकाशित




काठमाण्डौ । सरकारले आजदेखि देशभर मास्क अभियान सञ्चालन गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि आगामी शुक्रबारसम्म ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता, मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मुलनाराका साथ अभियान सञ्चालन गरेको हो ।

मन्त्रालयले मास्क लगाइ मानिसको व्यवहारमा परिवर्तन गर्न अभियान सञ्चालन गरेको बताइएको छ । मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले कोरोनाबाट बच्न मास्क अभियान सञ्चालन गरिएको बताए । उनले जनस्वास्थ्यमा मापदण्ड उल्लङ्घन भएको र मास्क लगाउन पनि लापरबाही गरेकाले स्वास्थ्यको मापदण्ड तथा मास्कको महत्वबारे जानकारी गराउन अभियान सुरु गरिएको जानकारी दिए ।

कोरोनाबाट बच्न बढी प्रभावकारी उपाय भनेको नै मास्क रहेकाले सबैले अनिवार्य मास्क लगाउनसमेत उनले आग्रह गरे । संक्रमण दिनानुदिन बढे पनि धेरैले सही तरिकाले मास्क नलगाउने गरिएको पाइएको छ । एक हप्ते अभियानमा मास्क कसरी लगाउने भनेर सिकाइने मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top