ताजा समाचार


जापानले दिएको एस्ट्राजेनेका खोपको पहिलो खेप काठमाण्डौ आइपुग्यो

द रियल समाचार     २०७८ श्रावण २३, शनिबार, १५: २२ मा प्रकाशित




काठमाण्डौ । जापान सरकारले उपलब्ध गराइएको एस्ट्राजेनेका खोपको पहिलो खेप काठमाण्डौ आइपुगेको छ । जापान सरकारले कोभ्याक्स परियोजना अन्तर्गत नेपाललाई उपलब्ध गराएको खोपको पहिलो खेप काठमाण्डौ आइपुगेको हो ।

कतार एयरवेजको विमानमार्फत ३ लाखभन्दा बढी डोज खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । जापान सरकारले नेपाललाई १६ लाख डोज खोप सहयोगस्वरुप उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

सोही योजनाअनुसार शनिबार र आइतबार ८ लाख डोज खोप नेपाल भित्रिने बताइएको छ । बाँकी ८ लाख डोज कहिले आउने भन्ने विषय भने टुंगो लागिसकेको छैन । सरकारले आगामी असोज महिनाभित्र १ करोड बढी खोप ल्याउने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top