काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोप लगाउन खोप केन्द्र थप गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले खोप लगाउनेको भीड हुन थालेपछि खोप केन्द्र थप गरिएको बताए ।
उनका अनुसार देशभरि नै पहिलेको भन्दा १ हजार ४३३ खोप केन्द्र थप गरिएको हो । पहिले २ हजार ९८९ खोप केन्द्र भएकोमा अहिले त्यो संख्या ४ हजार ४२२ पु¥याइएको छ । यस्तै काठमाडौँ उपत्यकामा ८३ खोप केन्द्र थप गरी १४९ पु¥यायाइएको छ । उपत्यकामा पहिले ६६ खोप केन्द्र थिए ।
सरकारले २०७७ माघ १४ गतेदेखि नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउन शुरु गरेको हो । अहिलेसम्म नेपालमा ४४ लाख तीन हजार २१ जनाले पहिलो मात्रा र २२ लाख ८ हजार ५५ जनाले पूर्ण मात्रामा खोप लगाइसकेका छन् ।
प्रतिक्रिया