ताजा समाचार


नेपाल र भारतबीच मैत्रीपूर्ण फुटबल हुने

द रियल समाचार     २०७८ श्रावण २२, शुक्रबार, १७: ०१ मा प्रकाशित




काठमाण्डौ । नेपाल र भारतबीच भदौ १७ र २० गते मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता दशरथ रंगशालामा आयोजना हुनेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) र अखिल भारतीय फुटबल संघ (एआइएफएफ)को सहमतिमा उक्त मैत्रीपूर्ण खेल हुने भएको हो ।

दुवै टोलीले आउने साफ च्याम्पियनसिपका लागि तयारी गरिरहेका बेला मैत्रीपूर्ण खेल हुन लागेको हो । यसअघि नेपालले २०१५ मा भारतसँग खेलेको थियो ।

नेपाल र भारतले हालसम्म १९ पटक एकअर्काको समाना गरेका छन् । जसमा नेपालले जम्मा दुई पटक नतिजा आफ्नो पक्षमा पारेको छ । नेपालले पछिल्लो २०१३ मा भएको साफ च्याम्पियनसिपमा भारतलाई २–१ ले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top