ताजा समाचार


संसद भवनको निर्माण कार्य छिटो सम्पन्न गर्न सभामुखको निर्देशन

द रियल समाचार     २०७८ श्रावण २२, शुक्रबार, १६: २४ मा प्रकाशित




काठमाण्डौ । सभामुख अग्निप्रसाद सापकोटाले सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधिन संघीय संसद भवनको निर्माण कार्य छिटो सम्पन्न गर्न सम्बन्धित आयोजनालाई आग्रह गरेका छन् ।

सभामुख सापकोटाले शुक्रबार दिउँसो अवलोकन भ्रमण गरेपछि आयोजना पदाधिकारीहरूलाई तोकिएको समयभन्दा अगाडि नै सो भवनको निर्माण कार्य सम्पन्न गर्नुपर्ने आवश्यकता रहेको बताए ।

कोरोनाका कारण प्रतिकूल स्थिति रहेको उल्लेख गर्दै सभामुख सापकोटाले भवन निर्माणका लागि आवश्यक सामग्रीको जोहो गर्ने काममा मिहिन ढंगले लाग्न पनि निर्माण कम्पनी ‘टुन्डी सेक ज्वाइन्ट भेन्चर’को ध्यानाकर्षण गराए । सभामुख सापकोटाले राष्ट्रकै सबैभन्दा गौरवपूर्ण आयोजना भएकाले यो भवनको निर्माण कार्य समयमै सम्पन्न गर्ने ऐतिहासिक जिम्मेवारी पूरा हुने विश्वास समेत व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top