ताजा समाचार


सप्तरीमा पोखरीमा डुबेर एक वृद्धको मृत्यु

द रियल समाचार     २०७८ श्रावण २२, शुक्रबार, १५: १७ मा प्रकाशित




सप्तरी । सप्तरीमा पोखरीमा डुबेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको कञ्चनरुप नगरपालिका–१२ बस्ने ६० वर्षीय बिरजु सरदार रहेको प्रहरीले जनाएको छ ।

छोरी–ज्वाइँको घर आएका बेला स्थानीय सन्तोष यादवको माछापोखरीमा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

लुगा र चप्पल फुकाली पोखरीको पानीमा हाम फाल्दा डुबेर उनको मृत्यु भएको काफ्लेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top