ताजा समाचार


भदौमा महाधिवेशन सम्भव छैन् : महामन्त्री कोइराला

द रियल समाचार     २०७८ श्रावण २२, शुक्रबार, १४: ५८ मा प्रकाशित




काठमाण्डौ । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले भदौमा महाधिवेशन सम्भव नभएको बताएका छन् ।

शुक्रबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले पार्टीभित्र देखिएका क्रियाशील सदस्यता विवाद र पार्टी समायोजन जस्ता विषय नटुंगिएकाले तोकिएको समयमा महाधिवेशन सम्भव नभएको बताएका हुन् ।

पार्टीभित्रमा समस्या समाधान गरी आगामी मंसिरमा महाधिवेशन हुने उनको भनाइ छ । महाधिवेशन छिटो गर्नुपर्ने पक्षमा आफूहरु भएको तर आन्तरिक समस्याका कारण भदौमा भने सम्भव नभएको महामन्त्री कोइरालाले स्पष्ट पारे ।

आगामी महाधिवेशनमा आफू पनि सभापतिको प्रत्यासी रहेको कोइरालाले जानकारी दिए । धेरै जना सभापतिका आकांक्षी देखिएकाले आफ्नो समूहबाट एक जनाको नाममा सहमति जुटाउने प्रयास भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top