ताजा समाचार


सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहन्छ : उपसभापति निधि

द रियल समाचार     २०७८ श्रावण २२, शुक्रबार, १४: १६ मा प्रकाशित




जनकपुरधाम। नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहने दावी गरेका छन् ।

शुक्रबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै निधिले १४ दिन वा १४ महिना पछि पनि महाधिवेशन भए आफ्नो उम्मेदवारी सभापतिमै कायम रहने जिकिर गरे ।

उनले पार्टीमा क्रियाशिल सदस्यताको विवाद कायमै रहेपनि महाधिवेशनमा त्यसले कुनै समस्या नपर्ने बताए । उनले भने,‘भदौमा महाधिवेशन हुन्छ, यदी भएन भने कहिले हुन्छ, त्यो पनि निक्र्यौल हुनेछ ।’

सबै दललाई समेटेर सरकार बनाउने योजना अनुसार काम भईरहेकोले मन्त्रीपरिषद् विस्तारमा ढिलाइ भईरहेको निधिले प्रष्ट गरे । उनले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल सहितका सबै दलहरुको सहभागीतामा सरकार विस्तार गर्ने योजना रहेकाले मन्त्रीपरिषद् बिस्तारमा ढिलाई भइरहेको बताए ।

निधिले सरकार सञ्चालनका लागि आज कार्यदलले प्रतिवेदन बुझाएसँगै मन्त्रीपरिषद्ले छिट्ट पुर्णता पाउने विश्वास समेत व्यक्त गरे ।तर्दथ समितिको कुनै आवयश्कता नरहेको बताउदै उनले सक्दो निर्धारित समयमै नभए केहि दिन सारेर भएपनि १४ औं महाधिवेशन गरिने स्पष्ट गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top