एजेन्सी । टोकियो ओलम्पिक २०२० को महिला फुटबल अन्तर्गत काश्य पदकका लागि भएको खेलमा अमेरिकाले जित निकालेको छ ।
दुई वर्षअघि फ्रान्समा सम्पन्न महिला विश्वकप फुटबलको विजेता अमेरिकाले काश्य पदकका लागि भएको खेलमा अष्ट्रेलियालाई ४–३ गोलले हराएको हो ।
बिहीबार जापनाको कश्मिनामा सम्पन्न खेलमा अमेरिकाको जितका लागि मेगन रिपिनोई र कारली लोलडले समान २,२ गोल गरेका छन् ।
टोकियो ओलम्पिकमा विजेताको रुपमा हेरिएको अमेरिकाले सेमिफाइनल खेलमा क्यानडासँग अप्रत्यासित हार बेहोरेको थियो । यता समूह चरणको ओपनिङ खेलमा पनि स्विडेनसँग हार बेहोरेको अमेरिकाले यो सिजन अमेरिकाको लागि गाह्रो सिजन रहेको प्रशिक्षक भ्लाटोक एन्डोनोभ्स्कीले बताएका छन् ।
अब स्वर्ण पदकका लागि स्विडेनले क्यानडाको सामना गर्नेछ । स्विडेनले सेमिफाइनलमा अष्ट्रेलियालाई १–० गोलले हराएको थियो ।
प्रतिक्रिया