ताजा समाचार


पार्टी एकताका लागि ओलीलाई नेपालले दिए ३ दिनको समय

द रियल समाचार     २०७८ श्रावण २१, बिहीबार, १८: ४७ मा प्रकाशित




काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीलाई ३ दिनको समयसीमा दिएका छन् । आफ्नो समूहको केन्द्रीय कमिटीको बैठकमार्फत नेपालले अध्यक्ष ओलीलाई ३ दिनको समय दिएका हुन् ।

काठमाडौंको बानेश्वरस्थित एक पार्टी प्यालेसमा आज बसेको केन्द्रीय कमिटीको बैठकमार्फत नेता नेपालले पार्टी एकताको ठोस प्रस्तावका लागि अध्यक्ष ओलीलाई साउन २४ गतेसम्मको समयसीमा तोकेका हुन् ।

नेता नेपालले आफू एकताका लागि अझै प्रतिवद्ध रहेको भन्दै त्यसका लागि अध्यक्ष ओलीलाई साउन २४ गतेसम्म पर्खने बताएका हुन् ।बैठकमा सहभागी एक नेताका अनुसार नेपालले एकताका लागि आफूले अन्तिम प्रयास गर्ने बैठकमा बताएका छन् ।

नेता नेपालले एमाले बिबाद समाधानका लागि आफूले अन्तिम समयसम्म प्रयास गर्ने भन्दै अध्यक्ष ओलीनिकट व्यक्तिहरुले उक्त प्रयासलाई भाँड्ने र एकता हुन नदिने ब्रिफिङ गरेका ती नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top