ताजा समाचार


नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले दिए राजीनामा

द रियल समाचार     २०७८ श्रावण २१, बिहीबार, १८: ४३ मा प्रकाशित




काठमाण्डौ । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले पदबाट राजीनामा दिएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नियुक्ति दिएका डा. विष्टले ओली सरकारबाट हटेसँगै पदबाट राजीनामा दिएका हुन् । विष्टले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजीनामा बुझाएका छन् ।

तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको कार्यकालमा कार्यकारी अध्यक्ष नियुक्त भएका डा. विष्टले आज मन्त्रालयमा पुगेर राजीनामा बुझाएका हुन् ।

४ वर्षका लागि नियुक्त भएका विष्टको कार्यकाल एक वर्ष बाँकी नै रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top