ताजा समाचार


युएईमा बालबालिकालाई पनि कोरोना खोप लगाइने

द रियल समाचार     २०७८ श्रावण २१, बिहीबार, १८: २४ मा प्रकाशित




एजेन्सी । संयुक्त अरब इमिरेट्स (युएई) मा बालबालिकालाई पनि कोरोना खोप दिइने भएको छ । युएईको स्वास्थ्य मन्त्रालयले चिनियाँ खोप सिनोफार्म ३ वर्षदेखि १७ वर्ष सम्मका बालबालिकालाई लगाउन अनुमति दिएको छ ।

सिनोफार्म खोपबारे गएिको अध्ययनले त्यसबाट प्राप्त नतिजाले बालबालिकालाई लगाउन सकिने देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले दावी गरेको छ । युएई सरकारका अनुसार चिकित्सकीय परीक्षणको नतिजाकै आधारमा खोप दिन लागिएको हो ।

बालबालिकालाई पनि खोप दिइपछि महामारीका नयाँ चरणसँग लड्न सहज हुने सरकारलाई उद्धृत गर्दै सिन्ह्वाले खबर दिएको छ । चीनमा विकास भएको सिनोफार्म खोप यूएईमै उत्पादन गर्न थालिएको छ ।

अहिले विश्वभर १८ वर्षमाथिका व्यक्तिहरुलाई कोरोना खोप दिइँदै आएको छ । अमेरिका लगायत केही मुलुकले १२ वर्ष माथिका लाई खोप लगाएका छन् ।

सिनोफार्म खोप ३ वर्ष सम्मका बालबालिकालाई उपयुक्त ठहरिएको खण्डमा यो नेपालका लागि पनि राहतको विषय हो । नेपाललाई अहिलेसम्म सबैभन्दा धेरै खोप उपलब्ध गराउने मुलुक चीन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top