ताजा समाचार


कोरोना संक्रमणबाट विश्वभर ४२ लाख ५४ हजार ९४८ को मृत्यु

द रियल समाचार     २०७८ श्रावण २१, बिहीबार, १८: २१ मा प्रकाशित




एजेन्सी । जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार कोरोना संक्रमणबाट हालसम्म विश्वभर ४२ लाख ५४ हजार ९४८ जना संक्रमितले ज्यान गुमाइसकेका छन् भने २० करोड १ लाख ३६ हजार ४१९ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

भाइरसबाट सबैभन्दा धेरै प्रभावित मुलुक अमेरिका बनेको छ । अमेरिकामा हालसम्म ६ लाख १४ हजार ७९३ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

अमेरिकापछि ब्राजिलमा ज्यान गुमाउनेको संख्या धेरै छ । ब्राजिलमा हालसम्म ५ लाख ५९ हजार ६०७ जनाले ज्यान गुमाइसकेका छन् ।
छिमेकी मुलुक भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा छ । भारतमा हालसम्म ४ लाख २५ हजार ७५७ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

यसैगरी मेक्सिकोमा २ लाख ४१ हजार ९३६, पेरुमा १ लाख ९६ हजार ५९८, रुसमा १ लाख ५९ हजार ३२, बेलायतमा १ लाख ३० हजार २९९, इटालीमा १ लाख २८ हजार १३६ र कोलम्बियामा १ लाख २१ हजार ६९५ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top