पर्सा । प्रहरीले पर्साबाट लागूऔषधसहित चारजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–९ बस्ने ४५ वर्षीय जितेस प्रसाद श्रीवास्तव, काठमाडौं महानगरपालिका–३ बस्ने ३२ वर्षीय विमल श्रेष्ठ, हेटौंडा उपमहानगरपालकिा–११ बस्ने २१ वर्षीय डेनिएल तामाङ र हेटौंडा उपमहानगर–४ बस्ने २७ वर्षीय विकास देउला रहेका छन् ।
वीरगञ्ज महानगरपालिका–१६ बसपार्कस्थित कार्यालय मातहत वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले बिहीबार दिउँसो २ः३० बजे १०० एमएलको २३१ बोतल लागुऔषधसहित जितेस प्रसाद श्रीवास्तवको साथबाट बरामद गरेको थियो ।
यस्तै वीरगञ्ज महानगरपालिका–१६ शंकराचार्यबाट काठमाडौं सितापाइलका ३२ वर्षीय विमल श्रेष्ठ र हेटौंडाका २१ वर्षीय डेनियल तामाङको साथबाट स्कुटीको डिकीमा लुकाएर ल्याएको लागूऔषध नुर्फिन ३० एम्पुल, डाइजेपाम ३० एम्पुल र फेनारगन ३० गरी ९० एम्पुल प्रहरीले बरामद गरेको हो ।
त्यस्तै वीरगञ्जको जयन्तीचोकबाट हेटौडाका २७ वर्षीय विकास देउलाको साथबाट कोडिन फस्फोट सिरफ १०० एमएलको ३३ बोतल, नाइट्राभेट ७५ ट्याबलेट र स्पाकोर भोनप्लस ८ प्रहरीले बरामद गरेको जनाएको छ ।
पक्राउ परेकाहरुलाई लागूऔषधसम्बन्धी कसूरमा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया