ताजा समाचार


नयाँ बन्ने सार्वजनिक भौतिक संरचना अपाङ्गमैत्री हुन्छ : अर्थमन्त्री शर्मा

द रियल समाचार     २०७८ श्रावण २१, बिहीबार, १७: ५६ मा प्रकाशित




काठमाण्डौ । नेपालमा नयाँ बन्ने सार्वजनिक भौतिक संरचना अपाङ्गमैत्री हुने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् ।

बिहीबार मन्त्रालयमा स्पाइनल कर्ड इन्ज्युरी नेटवर्क नेपालका प्रतिनिधिसँगको भेटघाटमा मन्त्री शर्माले सार्वजनिक संरचना अपाङ्गमैत्री बनाइने बताएका हुन् ।

नेटवर्कका प्रतिनिधिले सार्वजनिक स्थल अपाङ्गमैत्री नभएको, तीन पाङ्ग्रे सवारी साधन आयातमा कर छुट, स्पाइनल इन्ज्युरीका कारण अपाङ्गता भएकाका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री सहज रुपले उपलब्ध हुनुपर्नेलगायत माग राखेका थिए ।

उनीहरुले शर्मा गृहमन्त्री हुँदा अपाङ्गगता भएकाका लागि महत्वपूर्ण सहयोग प्राप्त भएको स्मरण गर्दै अब पनि माग सम्बोधन हुने आशा व्यक्त गरेका छन् । प्रतिनिधिमण्डलको आग्रहअनुसार पुराना संरचनालाई भत्काएर अपाङ्गमैत्री बनाउन नसके पनि अब बन्ने संरचना अपाङ्गमैत्री बनाइने आश्वासन मन्त्री शर्माले दिए ।

उनले घाइते तथा अपाङ्गता भएकाको समस्या सम्बोधन हुने गरी नीतिगत समाधान निकाल्ने कोशिस भइरहेको समेत जानकारी दिए ।

–अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top