ताजा समाचार


भारतीय पुरूष हकी टीमले ४१ वर्षपछि ओलम्पिकमा पदक जित्यो

द रियल समाचार     २०७८ श्रावण २१, बिहीबार, १७: ४८ मा प्रकाशित




एजेन्सी । भारतीय पुरूष हकी टीमले ४१ वर्षपछि इतिहास रच्दै ओलम्पिकमा पदक जितेको छ ।

भारतीय टीमले बिहिबार जापानामा जारी ३२ औं संस्करणको टोकियो ओलम्पिक अन्तर्गत जर्मनीलाई ५–४ गोल अन्तरले हराउँदै कास्यपदक जितेको हो ।

भारतले सन् १९८० मा रूसमा भएको मस्को ओलम्पिकमा स्वर्ण पदक जितेको थियो । त्यसयता भारतले हकिमा कुनै पनि पदक जितेको थिएन ।

बिहिबार सुरूमा पछि रहेको अवस्था उल्ट्याउँदै भारतले कास्य पदक जितेको हो । अत्यन्त रोमाञ्चक खेलमा पहिलो हाफसम्म ३–३ गोलको बराबरी खेलेको भारतले दोस्रो हाफमा थप २ गोल थप्दा जर्मनीले १ गोल गर्न सफल भएको थियो ।

यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय टिमलाई बधाई दिएका छन् । यस्तै अभिनेता शाहरुख खानले पनि भारतीय पुरूष हकी टीमको बधाई र शुभकामना दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top