ताजा समाचार


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४७४ ग्राम सुनसहित दुई जना पक्राउ

द रियल समाचार     २०७८ श्रावण २१, बिहीबार, १७: ४२ मा प्रकाशित




काठमाण्डौ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४७४ ग्राम सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।

बिहीबार बिहान प्रहरीले दुबै जनालाई सुनसहित पक्राउ गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए ।

सिरहा धनगढीमाई नगरपालिका वडा ८ का २४ वर्षीय रिसब महतो र खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १३ का ४१ वर्षीय अम्बर चाम्लिङलाई प्रहरीले पक्राउ गरेको हो ।

बिहान करिब सवा ८ बजे रिसब विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको नयाँ पार्किङ क्षेत्रमा बसिरहेका थिए । उनलाई शंकास्पद रूपमा देखेपछि प्रहरीले निगरानी गरेको थियो । तर उनी त्यहाँ सुन संकलन गर्न बसेको भन्ने खुल्यो। साउदीबाट जजिरा एयरलाइन्सको उडानबाट काठमाडौं आएका यात्रुहरूबाट उनले गहना संकलन गर्दै गरेको बाँस्तोलाले बताए ।

प्रहरीले सुरूमा रिसबलाई पक्राउ गरेको थियो। उनीबाट आठ वटा सुनको बाला र दुई वटा औंठी गरी जम्मा ४७४ ग्रामको सुन बरामद गरिएको हो । त्रिभुवन विमानस्थल प्रहरी कार्यालयका अनुसार सो सुन ३७ लाख ३८ हजार ६७५ रूपैयाँ बराबरको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top