ताजा समाचार


महाधिवेशन सुनिश्चितताको माग गर्दै ४२ जना युवा नेताले बुझाए ध्यानाकर्षण पत्र

द रियल समाचार     २०७८ श्रावण २१, बिहीबार, १७: ०९ मा प्रकाशित




काठमाण्डौ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको सुनिश्चितता गर्न माग गर्दै सो पार्टीका ४२ जना युवा नेताले ध्यानाकर्षण पत्र बुझाएका छन् ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत् सभापति शेरबहादुर देउवालाई उनीहरूले ध्यानाकर्षण पत्र पठाएका हुन् । बिहीबार मुख्यसचिव पौडेलमार्फत उनीहरुले पार्टी केन्द्रीय कार्यालय सानेपामा ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

यसरी ध्यानाकर्षण बुझाउनेमा रञ्जित कर्ण, मनोजमणि आचार्य, श्रीराम लामिछाने, नेता सुवासकुमार पोखरेल, दीपक भट्टराई, रीता खनाल प्रतिमा गौतमसहित ४२ जना छन् ।

महाधिवेशन सुनिश्चित गर्न माग गर्दै ‘सबल कांग्रेस निर्माणका लागि युवा अभियान’मार्फत उनीहरुले ध्यानाकर्षण पत्र बुझाएका हुन् । महाधिवेशन अनिश्चित बनेको भन्दै उनीहरूले सभापति देउवालाई तीनबुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top