ताजा समाचार


१० वर्षीय बालकमा कोरोनाको डेल्टा भेरियन्ट

द रियल समाचार     २०७८ श्रावण २१, बिहीबार, १६: ५३ मा प्रकाशित




बाजुरा । बाजुराका एक १० वर्षीय बालकमा कोरोनाभाइरसको डेल्टा भेरियन्ट देखिएको छ ।

जिल्ला अस्पताल बाजुरामा कोरोना संक्रमण भएपछि उपचारका लागि भर्ना भएका १० वर्षीय एक बालकमा कोरोनाको डेल्टा भेरियन्ट संक्रमण पुष्टि भएको हो ।

उनको एन्टिजेन परीक्षण गर्दा पहिले कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । तर, पछि उनलाई कोरोना संक्रमण भएको पुष्टि भयो ।

बाजुराबाट उनलाई सेती प्रादेशिक अस्पताल धनगढीमा रिफर गरियो । त्यहाँबाट उनलाई काठमाडौं उपचारका लागि ल्याइएको थियो । काठमाडौंमा उनको उपचार भएर उनी डिस्चार्ज भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top