काठमाण्डौ । नेकपा एमाले माधव नेपाल समूहको स्थायी समिति बैठक सकिएको छ । नयाँ बानेश्वरस्थित क्वालिटी ब्याङ्क्वेटमा बसेको स्थायी समितिको बैठक सकिएपछि केन्द्रीय कमिटीको बैठक सुरु भएको छ ।
पार्टी एकताको पक्षमा लागेकाले सरकारमा सामेल हुने विषयमा छलफल नभएको एमाले नेपाल पक्षका नेता भीम आचार्यले बताए ।
पार्टी एकताको विकल्प नभएको उनले बताए । आफूहरुले विकल्प दिइरहेको तर ओलीले नै एकता विरोधी गतिविधि गरिरहेको आचार्यले आरोप लगाए ।
गुटगत भेला बैठक गर्ने शुरुवात ओली आफैँले गरेकाले यसलाई बन्द गर्नका लागि नीतिको आवश्यकता रहेको र मिलनबिन्दु खोज्ने प्रयत्नमा लागेको आचार्यले बताए ।
प्रतिक्रिया