ताजा समाचार


१ किलो ८ सय ६६ ग्राम सुनसहित तीनजना पक्राउ

द रियल समाचार     २०७८ श्रावण २०, बुधबार, १८: ०१ मा प्रकाशित




काठमाण्डौ । काठमाण्डौबाट १ किलो ८ सय ६६ ग्राम सुनसहित प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले सिनामंगलको सिरहा मगहानिया होटलबाट उनीहरुलाई पक्राउ गरेको एसपी कृष्ण कोइरालाले बताए ।

वैदेशिक रोजगारीबाट आउने व्यक्तिलाई प्रयोग गरेर विभिन्न घरायसी सामानमा लुकाएर सुन ल्याइएको प्रारम्भिक अनुसन्धानमा खुलेको उनले बताए ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top